काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। लकडाउनको बिषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
आइतबार बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय-समितिकाे बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ। समितिले लकडाउन थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन जेठ १५ गतेसम्मको लागि लम्ब्याउन सक्ने बताइएको छ।
बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
हालसम्म नेपालमा संक्रमितको संख्या २ सय ९१ जना पुगेको छ। जसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ। यसअघि वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले केही खुकुलो प्रावधानसहित ११ दिनका लागि लकडाउन थपेको थियो।