आईतबार राती थप तिनजनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिराटनगरमा २ जना र धनकुटामा १ जनामा संक्रमण देखिएकाे छ।
मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बिराटनगरमा २९ वर्षिय महिला र ३६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो भने धनकुटामा ३४ वर्षिय महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यसअघि आइतबार विहान राैतहटका १० जना र दिउसाे एकजनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे ।
रौतहटको राजपुर नगरपालिका फरहदवा–९ निवासी १८ देखि ४८ वर्षीय सात जना पुरुष र रौतहटकै इशनाथ नगरपालिका- ३ र ५ निवासी २८ देखि ३३ वर्षका तीन जना पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।
याेसँगै आइतबार १४ जना थपिएर संक्रमितकाे संख्या २ सय ९५ पुगेकाे छ। जसमध्ये २ जनाको मृत्यू भएको छ भने ३६ जना निको भएका छन्।