सोमबार बिहानै थप नौ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रौतहट जिल्लामा ८ जना र बारा जिल्लामा १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले रौतहटमा २१ देखी ३० वर्ष उमेरसम्मका यूवाहरु र २८ वर्षिय युवती र बाराका ३८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।
यससँगै नेपालमा संक्रमितहरुको संख्या ३ सय ४ पुगेको छ। जसमध्ये २ जनाको मृत्यू भएको छ भने ३६ जना निको भएका छन्।