कोरोनाभाइरस संक्रमणका कारण नेपालमा पहिलोपटक ज्यान गुमाउने महिलाका परिवारका सबै सदस्यमा कोरोनाभाइरस संक्रमण नरहेको पुष्टि भएको छ। धुलीखेल अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा महिलाका नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ आएको हो।
उनको बैसाख २४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नर्मल डेलिभरी भएको थियो। त्यसको भोलीपल्ट उनको डिस्चार्ज भएको थियो।
डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर पुगेकी उनलाई स्वासप्रस्वासमा समस्या र ज्वरो आएपछि स्थानिय अस्पतालमा उपचार गराइएको थियो। उपचारको क्रममा उनको स्वास्थ्य अवस्था झन जटिल भएपछि उनलाई धुलीखेल अस्पताल ल्याउने क्रममा गत बिहिबार मृत्यू भएको हो।