नेपालगञ्ज– नेपालमा थप ५३ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे पटक पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेमा ४७ जना छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, भेरि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा, ४६ जना पुरुष र एक महिला संक्रमण देखिएकाे हाे।
यसैगरी धुलिखेलकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा धनुषा, राैतहट, धादिङ्ग र दाङ्गका १/१ गरी ४ जनामा काेराेना संक्रमण देखिएकाे छ । यस्तै माेरङ्गकाे विराटनगरमा गरिएकाे परिक्षणमा १ जना र भैरहवा गरिएकाे परिक्षणमा गुल्मीका १ जनामा संक्रमण देखिएकाे छ ।
नेपालमा देखिएका संक्रमितमध्ये ३६ जना निकाे भइसकेका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।