एजेन्सी- करिब तीन महिना देखि कोरोनाभाइरसको सङ्क्रमणसँग जुधिरहेको अमेरिकाले आफ्नो गोप्य तथा रहस्यमय अंतरिक्ष मिशन पहिले जस्तै जारी राखेकाे छ । बीबीसीकाे आनुसार आइतबार अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स-३७बी (X-37B) अन्तरिक्ष विमान बोकेको एट्लस भी रकेट प्रक्षेपण गरेको हो । अमेरिकाले आफ्नो सीक्रेट अभियानअन्तर्गत प्राय एक्स-३७बी विमान अन्तरिक्षमा पठाउने गर्छ ।
शनिबार प्रक्षेपण गर्ने योजना मौसमका कारण स्थगित भएपछि भोलिपल्ट उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको बीबीसीले उल्लेख गरेकाे छ । यस विमानको अन्तरिक्षमा यो पहिलाे पटक भने हाेइन । ४ हजार ९ सय ८९ किलोग्राम तौल रहेकाे यस विमानले याे भन्दा अघि पनि धेरै अवधिसम्म अन्तरिक्षमा समय बिताइ सकेको छ भने यो यसकाे छैटौँ यात्रा हो।
यो विमान यसअघिको अभियानअन्तर्गत अन्तरिक्षमा ७ सय ८० दिन बसेर सन् २०१९ को सेप्टेम्बर महिनामा फर्केकाे थियो । याेसँगै साे अभियान सकिएको थियो । यो विमानले अन्तरिक्षमा कुल सात वर्षभन्दा बढी समय बिताइ सकेको बीबीसीले जनाएकाे छ ।
याे एक क्लासीफाइड प्रोग्राम हाे र गोप्य राखिएका कारण यसबारे धेरै जानकारी सार्वजनिक रूपमा उपलब्ध छैन । केही समयअघि अमेरिकी वायुसेनामन्त्री बार्बरा बारेटले यस विमान पहिलेका अभियानमा भन्दा धेरै प्रयोग गर्ने बताएकी थिइन् ।
याेसँगै यस अभियानअन्तर्गत पहिलेका अभियानमा भन्दा धेरै परीक्षणहरू गर्ने जानकारी पनि सार्वजनिक गरेकी थिइन् । तीमध्ये एउटा परीक्षण अन्तरिक्षमा बीउबिजन र अन्य पदार्थमा रेडिएशन (पराबैजनी किरण) को असरबारे अध्ययन गर्नुरहेको बताएकी थिइन् ।
यसका साथै एक्स-३७बी अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भू-उपग्रह लन्च गर्ने र पावर बीमिंग टेक्नोलोजी (ऊर्जासम्बन्धी प्रविधि) काे परीक्षण गर्ने जानकारी पनि सार्वजनिक भएकाे छ । अझ याे भन्दा पनि खास कुरा के छ भने, वायुसेनाले रकेट प्रक्षेपण कोरोनाभाइरस महामारीमा अग्रपङ्क्तिमा काम गर्ने (Front Line Workers) र प्रभावित व्यक्तिहरूका लागि समर्पण गरिएको थियो ।
यस अभियानअन्तर्गतकाे रकेटमा 'अमेरिका स्ट्रङ' (America Strong) लेखिएको थियो ।
अन्तमा, बोइङ कम्पनीले बनाएको एक्स-३७बीलाई ओर्बिटल टेस्ट भीइकल (Orbital Test Vehicle -OTV) पनि भन्ने गरिन्छ ।
