१. नेपालमा साेमबार ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ७५ पुग्यो
नेपालमा साेमबार एकैदिन ८० काेराेना संक्रमित थपिएका छन् । जसमध्ये धनुषा निवासी २ जना पुरुषहरू; खोटाङ, हलेसी निवासी १ जना पुरुष; बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू; दैलेख, आठबिस-१ निवासी १ जना पुरुष; सुनसरी निवासी १ जना पुरुष; झापा निवासी १ जना पुरुष छन् भने बाँकी अन्य जिल्लाका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।
२. सरकारकाे नीति तथा कार्यक्रममा प्रतिपक्षकाे आलोचना
आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो। नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्ग्चित्र प्रस्तुत गरेको भन्दै समर्थन जनाए।
३. कोरोना सङ्क्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका चालक र सहचालकबाट कोभिड–१९ सङ्क्रमणको सम्भावना रहेको र स्थानीयवासी, भन्सार कर्मचारी र एजेन्टमा सर्न सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापन गर्न ज्ञापनपत्र बुझाइएको स्थानीय बासिन्दा उज्ज्वल पोखरेलले जानकारी दिए।
४. यस्तो आयो कोरोनाका कारण ज्यान गुमाउने महिलाको परिवारको पिसिआर रिपोर्ट
कोरोनाभाइरस संक्रमणका कारण नेपालमा पहिलोपटक ज्यान गुमाउने महिलाका परिवारका सबै सदस्यमा कोरोनाभाइरस संक्रमण नरहेको पुष्टि भएको छ। धुलीखेल अस्पतालस्थित प्रयोगशालामा गरिएको परिक्षणमा महिलाका नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ आएको हो।
५. बहराइनमा ३ सय ३१ नेपालीमा कोरोनो संक्रमणको पुष्टि
खाडीमुलुक बहराइनमा ३ सय ३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।मान्मास्थित नेपाली दूतावासले ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। हालसम्म बहराइनमा १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली निको भएको नेपाली दूतावासले जनाएको छ।
६. सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया
हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए। उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो।
७. कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा
कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
८. बन्दाबन्दीको समयमा ‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिने
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी थालिएको छ।
९. दिवेश अमेरिकन आइडलको फस्ट रनर अप
दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्न सफल भएका छन्। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन्।
१०. 'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' स्मार्टफोन लन्च हुँदै
विश्व बजारमा निकै छोटो समय अवधिमा फस्टाउन सफल चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो चर्चित एक्स सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गर्ने भएकाे छ । कम्पनीले 'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' (Realme X50 Pro Player Edition) नाम दिइएकाे नयाँ स्मार्टफाेन २५ मे मा अनलाइन इभेन्टमार्फत लन्च गर्ने तयारी गरेकाे हाे ।