काठमाडौं- नेपालमा थप एक जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । याेसगैँ सोमबार मात्रै नेपालमा ६३ जना कोरोना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या ३ सय ५८ जना पुगेको छ ।
शनिबार भारतबाट लुकिछिपी नेपाल छिरेका झापाका एक मजदुरमा भर्खरै संक्रमण पुष्टि भएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय झापाकाे अनुसार उनलाइ बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।