काठमाडौं- नेपालमा सोमबार राति थप १८ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । याेसगैँ सोमबार मात्रै नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन् भने कुल संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैं, बी.पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगंज, काेशी अस्पताल तथा विराटनगरमा गरिएकाे परिक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१८ संक्रमित मध्ये धनुषा निवासी २ जना पुरुषहरू; खोटाङ, हलेसी निवासी १ जना पुरुष; बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू; दैलेख, आठबिस-१ निवासी १ जना पुरुष; सुनसरी निवासी १ जना पुरुष; झापा निवासी १ जना पुरुष रहेका छन् ।
हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे छ भने अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
