बुटवलस्थित क्रिमसन अस्पतालको आईसियूमा रहेका कोरोना संक्रमितको मृत्यू नभएको अस्पताल श्रोतले जानकारी दिएको छ। कोरोनाभाइरस संक्रमणका कारण भेन्टिलेटरमा रहेका गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ बर्से शिक्षकको मृत्यू भएको खबर सामाजिक सञ्जालमार्फत फैलाइएको छ।
सोमबार राती यस्तो खबर सामाजिक सञ्जालमा फैलिएपछि क्रिमसन अस्पतालको आईसियूमा कार्यरत एक स्वास्थ्यकर्मीले मृत्यू नभएको पुष्टि गरे। ‘‘उहाँको उपचार भइरहेको छ’’, उनले नेपाली पब्लिकसँग भने, ‘‘उहाँको मृत्यू भएको खबर झुट हो।’