काठमाडाैं- झापाका कोरोना संक्रमित वृद्ध उपचारपछि निको भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय वृद्ध सोमबार डिस्चार्ज भएका हुन् ।
अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको कोशी अस्पताले जनाएकाे छ ।
यससँगै नेपालमा कोरोना निको भएकाहरुको संख्या ३७ पुगेको छ ।