एजेन्सी- भारतमा काेराेना संक्रमितकाे संख्या एक लाख नाघेकाे छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा एक लाख १ हजार १ सय ३९ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे । काेराेना संक्रमणबाट आजसम्म भारतभरि ३ हजार १ सय ६३ जनाको मृत्यु भएको छ भने ३९ हजार १ सय ७४ जना उपचारपछि निको भएका छन् ।
भारतको महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएकाे छ । त्यहाँ ३५ हजार भन्दा बढि संक्रमित भएका छन् भने १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । त्यसैगरी गुजरातमा ११ हजार ७ सय ४५ जना संक्रमित रहेका छन् भने हालसम्म ६ सय ९४ जनाको मृत्यु भएको छ ।
यस्तै तामिल नाडुमा पनि काेराेना भाइरसकाे संक्रमण लगातार बढिरहेकाे छ । त्यहाँ ११ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएकाे छ भने ८१ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी नयाँ दिल्लीमा १0 हजार भन्दा बढीमा संक्रमण देखिएकाे छ । जसमध्ये १ सय ६८ काे मृत्यु भइसकेकाे छ ।
त्यसैगरी भारतकाे राजस्थानमा हालसम्म संक्रमितकाे संख्या ५ हजार ५ सय ७ पुगेकाे छ । जसमध्ये १ सय ३८ जनाकाे मृत्यु भएको छ । त्यस्तै मध्य प्रदेशमा ५ हजार २ सय ३६ मा सङ्क्रमण देखिएकाे छ भने २ सय ५२ जनाले ज्यान गुमाएका छन् । उत्तर प्रदेशमा ४ हजार ६ सय ५ संक्रमित छन् । जसमध्ये १ सय १८ काे मृत्यु भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।