काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रमिकको जिम्मा सरकारले लिने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले काेराेनाका कारण रोजगारी गुमाएका श्रमिकको जिम्मा सरकारले लिने बताएका हुन्।
अन्य देशमा झै काेराेना नफैलियाेस् भन्नका लागि सरकारले गरेकाे लकडाउनका कारण उद्योग धन्दा बन्द हुँदा रोजगारी गुमाएका श्रमिकहरुका लागि रोजगारीकाे स्थायी बन्दोबस्त हुने गरी सरकारले काम गरिरहेको उनले बताए।
उनले संबोधनमा बोल्दै शरीरिक अपागता तथा अशक्त व्यतिmहरु जे काम शारीरिक श्रम गर्न सक्दैन त्यस्ता व्यक्तिहरुको जिम्मा सरकारले लिने प्रतिवद्दतासमेत व्यक्त गरेका छन्।