काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विभिन्न देशमा छरिएर रहेका नेपालीलाई स्वदेश फर्काउने सामर्थ्य सरकारसँग नभएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको निति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले अवस्था सामान्य नबनुन्जेल विदेशमा रहेका नेपाली स्वदेश फर्कने सोंचमा नभएको बताए।
विदेशमा रहेका नेपालीलाई एकैपल्ट स्वदेश फर्काउँदा क्वारेन्टाइनलगायतका अन्य धेरै अप्ठ्याराहरु रहेको बताउँदै उनले भने, ‘भन्न जति सजिलो छ, व्यवहारिक रुपमा त्यतिकै जटिल छ।’
नेपालसँग पर्याप्त हवाइ जहाज नभएको अवस्थामा सबैलाइ ल्याउन कठिनाइ रहेको भन्दै प्रधानमन्त्री ओलीले सम्बन्धित देशका सरकारसँग छलफल गरेर नेपालीको रेखदेख गर्न आग्रह गरेको बताए।