जलेश्वर– महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर–८ बस्ने विकाउ रामका छोरा १६ वर्षीय लटरु राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन्।
केही दिनदेखि मानसिक सन्तुलन ठीक नरहेको युवक रामको जलेश्वर–१ स्थित महादेव मन्दिर अगाडिको पोखरीमा आज डुबेर मृत्यु भएको हो।
पोखरीमा नुहाउन गएका बेला बढी पानीमा पुग्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ। रासस