काठमाडाैं - नेपालमा साेमबार अपरान्ह थप १२ जनामा कोरोना संक्रमण देखिएकाे छ। याेसंगै मंगलबार काेराेना संक्रमण देखिनेहरुकाे संख्या २७ पुगेकाे छ भने जम्मा संक्रमितको संख्या ४ सय २ पुगेकाे छ। संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा गरी थप २७ जना कोरोना संक्रमित थपिएको बताए।उनका अनुसार संक्रमित १७ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लमजुङमा १ कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।
नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि निको भएका छन्। डा देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।
मन्त्रालयका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।