नुवाकोट - यहाँ आज झण्डै पाँच सय जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ। त्रिशूली अस्पताल र ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका व्यक्तिको आरडिटी गरिएको हो।
अस्पताल कर्मचारी र विदुर नगरपालिकाका कर्मचारी गरी १६३ जनाको आरडिटी गरिएकामा आठ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौँ पठाइएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट डा रेमकुमार राईले बताउनुभयो। अस्पतालबाट आठ सहित १५ नमूना स्वाब पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएको अस्पतालले जनाएको छ।
यस्तै ककनी १ र २ को सिसडोल क्षेत्रका पनि आज परीक्षण गरिएको छ। तीन सय ३३ जनाको आरडिटी गरिएकामा १४ जनाको पोजेटिभ देखाएको थियो। आरडिटीमा पोजेटिभ देखाएको १४ जनासहित १५२ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरी काठमाडौंँ पठाइएका गाउँपालिकाका स्वास्थ्य संयोजक जीवन भट्टराईले जानकारी दिनुभयो। काठमाडौंँ महानगरपालिकाको स्वास्थ्य शाखाको टोली आएर परीक्षण गरिएको थियो।
सिलडोल क्षेत्रमा कोरोना भाइरसको परीक्षण हुनुपर्ने माग गर्दै स्थानीयवासीले दुई दिनअघि महानगरपालिकाबाट ल्याइने फोहोर रोकेका थिए। सोमबार कोरोना भाइरसको आजदेखि नै परीक्षण गरिने सहमति भई स्थानीयवासीले फोहोर फाल्न गरेको अवरोध हटाएका थिए। रासस