संघिय संसदले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संसदले मंगलबार पारित गरेको हो । संघिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको मंगलबार बसेका अलग अलग बैठकबाट निति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नेपालमा सोमबार अपरान्ह थप १२ जनामा कोरोना संक्रमण देखिएको छ। योसंगै मंगलबार कोरोना संक्रमण देखिनेहरुको संख्या २७ पुगेको छ भने जम्मा संक्रमितको संख्या ४ सय २ पुगेको छ। संक्रमितमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले विभिन्न जिल्लामा गरी थप २७ जना कोरोना संक्रमित थपिएको बताए।उनका अनुसार संक्रमित १७ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याइछाड्ने प्रतिबद्धता दोहोर्याएका छन् । सरकारको निति तथा कार्यक्रममा घोषणा गरिएको लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरिसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यो तथाकथित राष्ट्रवाद देखाउनका लागि तयारी गरेको होइन, यो कुनै तमाशा गििरएको होईन, यो फिर्ता लिनका लागि गरिएको हो, र फिर्ता ल्याउँछौं ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसि० सम्झौता राष्ट्रमाथिको विश्वाससँग जोडिएको हुनाले त्यसै छोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको निति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले एमसिसि सम्झौता नगरेको भएपनि त्यसलाई छोड्न नमिल्ने बताए । उनले भने, “ अघिल्लो सरकारले एमसिसिले सम्झौता गर्यो, अघिल्लो सरकारको अविछिन्न उत्तराधिकारको रुपमा हामीले त्यसै छोड्न मिल्दैन, त्यसरी छोडियो भने कुटनीतिकरुपमा विश्वास रहँदैन।”
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विभिन्न देशमा छरिएर रहेका नेपालीलाई स्वदेश फर्काउने सामर्थ्य सरकारसँग नभएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारको निति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले अवस्था सामान्य नबनुन्जेल विदेशमा रहेका नेपाली स्वदेश फर्कने सोंचमा नभएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रमिकको जिम्मा सरकारले लिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकको जिम्मा सरकारले लिने बताएका हुन्। अन्य देशमा झै कोरोना नफैलियोस् भन्नका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग धन्दा बन्द हुँदा रोजगारी गुमाएका श्रमिकहरुका लागि रोजगारीको स्थायी बन्दोबस्त हुने गरी सरकारले काम गरिरहेको उनले बताए।
दुःखको साथ भन्नुपर्छ जतिबेला नेपालले कोभीड १९ विरुद्धको लडाईको योजना निर्माण गर्नुपर्ने थियो, ठिक त्यही समयमा नेपाल सरकार शिक्षण अस्पतालको बेडमा केहि क्षण अचेत अवस्थामा र केहि दिनको विश्राममा थियो। सरकारको यस अवस्थाले नेपाल कोरोनाविरुद्धको लडाईको तयारीमा ढिलो गरि मात्र जुट्न बाध्य भयो जसले नेपालमा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेको छ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन्। सोमवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताए। “आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ। नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ। यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ।
नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८।८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो। स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९ः१५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो।
भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा एक लाख १ हजार १ सय ३९ जनामा कोरोनाको संक्रमण देखिएको हो । कोरोना संक्रमणबाट आजसम्म भारतभरि ३ हजार १ सय ६३ जनाको मृत्यु भएको छ भने ३९ हजार १ सय ७४ जना उपचारपछि निको भएका छन् । भारतको महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएको छ । त्यहाँ ३५ हजार भन्दा बढि संक्रमित भएका छन् भने १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । त्यसैगरी गुजरातमा ११ हजार ७ सय ४५ जना संक्रमित रहेका छन् भने हालसम्म ६ सय ९४ जनाको मृत्यु भएको छ ।
लकडाउनका बेला बिरामी भन्दै यात्रु ओसार्ने आरोपमा एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुडरले कैलालीबाट यात्रु बोकेर दिपायल आउँदै गरेको आरोपमा जिल्लाको सायल गाउँपालिकाको से१झ ३३४ नंको एम्बुलेन्सलाई चालकसहित नियन्त्रणमा लिएको हो। एम्बुलेन्समा चालकसहित पाँच जना सवारी र केही सामान बोकेको पाइएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख कर्णबहादुर रौलेले बताए। उनले भने, “गाडी जाँचका क्रममा एम्बुलेन्समा यात्रु बोकेको पाइएपछि हामीले नियन्त्रणमा लिएका छौँ, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छौँ, बाँकी माथिको आदेश आएपछि कारवाही हुनेछ।”
बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ। ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो।इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ। सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन्।