काठमाडौं– महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि करिब १ सय ५० जना प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ।
महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो।
त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ। मंगलबार साँझ दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रहरी कार्यालय पनि शिल गरिएको छ।
स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो। संक्रमित सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ।