काठमाडाैं– सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार (आज) सार्वजनिक गरेको छ।
मन्त्रिपरिषदबाट सोमबार पारित भएको नेपालको राजनितिक र प्रसाशनिक नक्सा बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा औपचारिक रुपमा सार्वजनिक गरिएको हो।
गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्सा पेश गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो।
अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ भने हालै सार्वजनिक भएको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।
साथै आज सार्वजनिक गरेको नक्सा तत्कालै चल्तीमा ल्याइने सरकारले जनाएको छ।