स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशुल्क कोरोना परिक्षणसम्बन्धी सुचना सञ्चारमाध्यमहरुले ‘तोडमोड’ गरेकोप्रति आफ्नाे ध्यानाकर्षण भएको जनाएकाे छ। मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकाेटाले मंगलबार नियमित पत्रकार सम्मेलनमा स:शुल्क जाँच गर्न मिल्ने व्यवस्था गरिएको जानकारी दिएका थिए।
मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै स:शुल्क जाँच गर्न दिने मन्त्रालयकाे निर्णयलाई सञ्चारमाध्यमहरुले तोडमोड गरेर प्रकाशीत गरेकाे जनाएकाे छ। मन्त्रालयले त्यस्ताे गलत सुचनाका कारण मन्त्रालयले आमजनताको आलोचना खेप्नुपरेको भन्दै गुनासो व्यक्त गरेको छ।
‘स्वेच्छाले पिसिआर परिक्षण गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकीएको मापदण्ड र सुचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने शर्त अनिवार्य पालना गर्नेगरी तोकीएको सार्वजनिक स्वास्थ्य संस्थाहरु मार्फत तोकीएको दररेटमा परीक्षण सशुल्क उपलव्ध गराउने भनी निर्णय भएको थियो’’, विज्ञप्तीमा लेखिएको छ, ‘‘यसप्रकारको परिक्षणको लागि मन्त्रालयले दररेट तोकीदिने भएतापनि हालसम्म कुनै दररेट तोकी नसकेको व्यवहोरा सर्वसाधारणमा जानकारी गराईन्छ।’’
विज्ञप्तीको पुर्णपाठ