काठमाडाैं - आज ३ वर्षिय बालक सहित २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ। संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। उनका अनुसार संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
देवकाेटाका अनुसार बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन्। कुल संक्रमित मध्ये पुरुष ३५८ जना र ६९ जना महिला रहेका छन्।
त्यस्तै मन्त्रालयकाे तथ्याङ्क अनुसार नेपालका विभिन्न ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेकाे छ। त्यस्तै नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएका छन्।