स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुटवलको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यू नभएको स्पष्ट पारेकाे छ।
बुधबार विभिन्न सञ्चारमाध्यमले कोरोनाका कारण गम्भिर अवस्थामा रहेका ४१ वर्षिय पुरुषको मृत्यू भएको खबर प्रकाशीत गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रीफिङ्गमा बुधबार मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकाेटाले उनकाे मृत्यू नभएको स्पष्ट पारेका हुन्।
‘‘उहाँको अवस्था गम्भिर छ र भेन्टिलेटरमा नै हुनुहुन्छ’’, प्रवक्ता डा. देवकाेटाले भने, ‘‘यस्तो खबरहरु प्रकाशन गर्दा संवेदनशील भइदिनुहोला।’’