नेपालमा काेराेना भाइरसकाे महामारी निरन्तर बढिरहेकाे छ । बिहिबार विहान थप १७ जनामा भाइरसकाे सक्रंमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १७ जना मध्ये झापा जिल्लामा १५ तथा सुनसरी र धनकुटा जिल्लामा एक एक जनामा संक्रमण देखिएकाे हो। यससँगै नेपालमा संक्रमितहरुको संख्या ४ सय ४४ पुगेको छ।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार, संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।