काठमाडौं– बुधबार हालसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यो माहामारी नियन्त्रण हुन लामो समय लाग्ने बताएको छ।
बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा डब्ल्युएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला समय कमजोर आय भएका राष्ट्रहरुमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
उनले विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने समेत बताएका छन्। धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुनेको संख्या बढ्न सक्ने उनले बताए।
डब्ल्युएचओको तथ्याङक अनुसार हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ लाख १८ हजार ९ सय ३५ पुगेको छ भने ८ लाखभन्दा बढी संक्रमित भएका छन्।