काठमाडौ– रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमितको बिहिबार मृत्यु भएको छ। गुल्मीको मदाने गाँउपालीका वडा नं ६ निवासी शिक्षकको कोरोना भाइरस (कोभिड–१९) काे कारण उपचारकै क्रममा मृत्यु भएको हो।
यसअघि विभिन्न माध्महरुले बुधबार (हिजो) उनकाे मृत्यु भएको खबर प्रकाशन गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको खण्डन गर्दै उनी भेन्टिलेटरमा जिवित रहेको बताएको थियो। भाइरस संक्रमित ती शिक्षकलाई बिहिबार (आज) भेन्टिलेटरबाट निकालिएको छ। उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियाे।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता गोकर्ण बिष्टले उनको असामायिक निधनले आफूलाई अत्यन्त दुखित बनाएको भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो समाचार तयार पार्दासम्म उनको निभनबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
उनी कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुने तेस्रो व्यक्ती हुन्। यसअघि सिन्धुपाल्चोकको एक जना सुत्केरी महिला र बाँकेको नरेनापुरका एक पुरुषको भाइरसका संक्रमणकाे कारण मृत्यु भएको थियाे।