काठमाडाैं - काठमाडौंमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले उपत्यका छिर्ने सबै नाका पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ। बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका काममा बाहेक उपत्यका छिर्न नदिने बताएको हाे।
जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने जनाएकाे छ ।
अब अत्यावश्यक काम परेर काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्न परेमा गृह मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य चाहिँने भएकाे छ। साथै मन्त्रालयले उपत्यका आउन चाहनेले कोरोना संक्रमणको परीक्षण गरेको हुनुपर्ने व्यवस्था गरेको छ।
गृह मन्त्रालयले स्वीकृति दिएपछि मात्र सम्बन्धित जिल्लाले सवारी पास जारी गर्न सक्छन्।