काठमाडाैं - नेपालका कोरोना संक्रमितमध्ये थप चार जना संक्रमण मुक्त भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत ५ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएका हुन्।
उनीहरुको पछिल्लो दुई पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अहिले अस्पतालले डिस्चार्ज गरेकाे हाे।
डिस्चार्ज हुनेमा ३२ र २५ बर्षिय महिला रहेका छन् भने ३७ र २७ वर्षिय पुरूष रहेका छन्। उनीहरू नाै दिनकाे उपचार पश्चात डिस्चार्ज भएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमित ४९ जना निको भएका छन्।