काठमाडाैं - नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेकाे छ।
प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापामा ८ र रुपन्देहीमा १ गरि थप ९ जनामा कोरोना संक्रमण भेटिएकाे बताए।
देवकोटाका अनुसार आज रुपन्देहीका २७ वर्षीया पुरुष र झापामा ८ जनामा देखिएको छ। जसमध्ये उनीहरु १७ देखि ५५ वर्ष उमेरसम्मका छन् ।
यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो।