प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले भारतसँगको सिमा समस्याका सम्बन्धमा उत्तेजना फैलाउने किसिमका अभिब्यक्ति दिएको टिप्पणी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा र अभ्यास विपरित छिमेकी मित्र राष्ट्रको प्रतीकका विषयमा गरेको टिप्पणी असंसदीय रहेको भन्दै कांग्रेसले यसबाट अनावस्यक विवाद र जटिलताहरु थपिएको निश्कर्ष निकालेको छ।
रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत कोरोना संक्रमितको बिहिबार मृत्यु भएको छ। गुल्मीको मदाने गाँउपालीका वडा नं ६ निवासी शिक्षकको कोरोना भाइरस (कोभिड–१९) को कारण उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि विभिन्न माध्महरुले बुधबार ९हिजो० उनको मृत्यु भएको खबर प्रकाशन गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको खण्डन गर्दै उनी भेन्टिलेटरमा जिवित रहेको बताएको थियो। भाइरस संक्रमित ती शिक्षकलाई बिहिबार (आज) भेन्टिलेटरबाट निकालिएको छ। उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको छ। प्रदेश नम्बर १ को प्रयोगशाला र रुपन्देहीको भैरहवा प्रयोगशालामा गरिएका परीक्षणबाट थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापामा ८ र रुपन्देहीमा १ गरि थप ९ जनामा कोरोना संक्रमण भेटिएको बताए।
काठमाडौंमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले उपत्यका छिर्ने सबै नाका पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ। बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका काममा बाहेक उपत्यका छिर्न नदिने बताएको हो। जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप कडाई हुने जनाएको छ ।
बुधबार हालसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले यो माहामारी नियन्त्रण हुन लामो समय लाग्ने बताएको छ। बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा डब्ल्युएचओका प्रमुख डा।टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला समय कमजोर आय भएका राष्ट्रहरुमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
नेपालका कोरोना संक्रमितमध्ये थप चार जना संक्रमण मुक्त भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत ५ जना कोरोना संक्रमित मध्ये ४ जना निको भएका हुन्। उनीहरुको पछिल्लो दुई पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अहिले अस्पतालले डिस्चार्ज गरेको हो।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो केहि दिन देखि दैनिक पाँच हजार भन्दा बढीका दरले कोरोना संक्रमित थपिदै आएका छन्। पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ६ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३२ जना मृत्यु भएका छन्। यसैगरि बुधबार पनि ५ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए भने १ सय ४० जनाको मृत्यु भएको थियो।
कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन्। भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन्। प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन्। उनको अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन्।
कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब जाँचको रिपोर्ट नेगेटिभ आएको छ । गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि क्लिनिकका स्वास्थ्यकर्मीको स्वाब जाँचका लागि पठाइएकामा आज रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । शिक्षकको भने आजै निधन भएको छ ।
नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो। देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो। निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए। सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसन निर्माणको काममा समेत गत्यावरोध पैदा भयो। पछिल्ला दिनमा सरकारले सामाजिक दूरी कायम गरेर निर्माणाधिन आयोजना सञ्चालनमा ल्याउन दिने विधि बनाएपछि धनुषामा निर्माणाधीन ४००÷२०० केभी क्षमताको ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम अगाडि बढेको छ।
बिहिबार बिहान भुकम्पको धक्का महशुस भएको छ। भक्तपुर केन्द्रविन्दु भएर बिहान ८ बजेर १४ मीनेटमा ३।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको केन्द्रबिन्दु भक्तपुरको अनन्तालिङगेश्वर आसपासको क्षेत्र रहेको थियाे।