काठमाडाैं - नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितको संख्या ४ सय ८७ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट थप ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे।
जसमध्ये १५ जना सर्लाहीका रहेका छन् भने बाँकि कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना रहेकाे मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका छन्।
यसैगरी नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला छन्।
नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। त्यस्तै, आजै बाँके जिल्लाका २१ जना कोरोनाबाट निको भएका छन्। याेसँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेकाे संख्या ७० पुगेकाे छ।