काठमाडौं– लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर भर्खरै सार्वजनिक भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ।
सरकारले जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। सोहीअनुसनर गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग्किलोमिटर देखाउन थालेको छ। यसअघि नेपालको क्षेत्रफल गुगलमा १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो।
यही जेठ ५ गते (सोमबार) मन्त्रिपरिषदबाट पारित भएको नेपालको राजनितिक र प्रसाशनिक नक्सा जेठ ७ गते (बुधबार) दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियाे।