बैतडी– जिल्ला प्रहरी-कार्यालय बैतडीमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण देखिएको छ। शिवनाथ गाउँपालिका–१ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा पिसिआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट पोजिटिभ आएको हो। उनीमा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ।
ती व्यक्तिलाई वैशाख १५ गते कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरिएको थियो। संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए। त्यस्तै उनको सम्पर्कमा आएका सबैको कोरोना परिक्षण गरि आइसोलेसनमा राखिने बताइएको छ।