१. नेपालमा एकैदिन ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६
नेपालमा शुक्रबार एकैदिन ५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। योसँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ।
२. नयाँ नक्शाबारे संविधान संशोधन विधेयक संसदमा ल्याइने
सरकारले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छशुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
३. सत्यकै जित हुने हो, परिआएको सामना गर्न तयार छौंँ: उपप्रम पोखरेल
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई आह्वान गरेका छन् ।
४. प्रदेश नं ५ः बजेट अधिवेशन शुरु, शनिबार नीति कार्यक्रम पेश हुने
प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको छ। बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले पर्याप्त ध्यान पु¥याउनुपर्ने तथा भारतबाट स्वदेश फर्किने हजाराैँ नेपाली सीमा क्षेत्रमा अलपत्र र कष्टपूर्ण रुपमा रहेकाले उनीहरुको उद्धारमा ध्यान दिनुपर्ने बताए।
५. कारागारमा कोरोनाको त्रास, क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम
बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ।कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी राखिएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चुनौती बढेको हो।
६. एकै पटक २१ जनाले पराजित गरे कोरोना : कोरोना जित्नेको संख्या ७० पुग्यो
नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।
७. यस्ताे छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो। त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप सतहमा आएको छ।
८. सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि
छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ ।
९. गुगलमा पनि देखिन थाल्यो नयाँ नक्साअनुसारको नेपालको क्षेत्रफल
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर भर्खरै सार्वजनिक भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ।सरकारले जेठ ७ गते नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। सोहीअनुसनर गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग्किलोमिटर देखाउन थालेको छ। यसअघि नेपालको क्षेत्रफल गुगलमा १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो।
१०. क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ। शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताएका छन्।