शुक्रबार साझ थप ९ जनामा कोरोनाभाइरस सक्रंमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा जिल्लाका ६ जना तथा सप्तरी, भक्तपुर र मकवानपुर जिल्लामाका एक–एक जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।
यसअघि शुक्रबार विहान ३० जना र दिउँसाे २० जनामा संक्रमण देखिएकाे थियाे । यससँगै नेपालमा संक्रमितहरुको संख्या ५ सय १६ पुगेको छ।