काठमाडाैं - नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणबाट थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हाे।
मन्त्रालयका अनुसार सर्लाही जिल्लाका १३ जना, रुपन्देही जिल्लाका ८ जना, कपिलवस्तु जिल्लाका ७ जना साथै काठमाडौ, बारा र चितवन जिल्लाका एक–एक जनामा संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितहरुको संख्या ५ सय ४८ पुगेको छ।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले संक्रमितहरु १७ देखी ५५ वर्ष उमेर समुहको रहेको जानकारी दिए।