काठमाडाैं - सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९ सय ५७ परीक्षण गरिएको छ। यस्तै आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४ सय ९४ र आरडिटी विधिबाट चार हजार १ सय १९ परीक्षण भएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १सय६९, प्रदेश नं २ मा छ हजार ३ सय ८, वाग्मती प्रदेशमा २१ हजार ७ सय १२, गण्डकी प्रदेशमा सात हजार ७ सय १, प्रदेश नं ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ।
क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५ सय ८७ छन्। त्यसमा प्रदेश नं १ मा एक हजार ४ सय ६१, प्रदेश नं २ मा छ हजार ९ सय १०, वाग्मती प्रदेशमा ५ सय ३५, गण्डकी प्रदेशमा ७ सय ७९, प्रदेश नं ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा एक हजार ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १ सय २ रहेका छन्।
आइसोलेशनमा रहेकाको सङ्ख्या ५ सय ८ रहेको छ। प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १ सय ६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २ सय ४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन्। यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ।
पछिल्लो २४ घण्टामा ७ सय८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७ सय ८ जनाले आफ्नो विवरण भरेका छन्। सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। एनका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९ सय ६९ पुगेको छ। रासस