लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नेपाल सरकारले जारी गरेको नयाँ नक्शा चित्रण हुने गरी वाल पेन्टिङ गरिएको छ। लायन्स क्लब अफ प्युठानले प्युठान नगरपालिका वडा नं ४ नयाँ बजार जुम्री, जाल्पादेवी मन्दिर नजीकैको सार्वजनिकस्थलमा नक्शा कोरेकोे हो।
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले नयाँ नक्शा सार्वजनिक गरेर आफ्नो भूमिको रक्षा गरेकामा खुशी व्यक्त गर्दै आफूहरुले नक्शा कोरेको लायन्स क्लबका अध्यक्ष बालाजु श्रेष्ठले बताएका छन्।
नयाँ नक्शा सार्वजनिक गरेर सरकारले राम्रो काम गरेको भनी यहाँका बुद्धिजीवीले खुशीसमेत व्यक्त गरेका छन्। (रासस)