बाँके– कोरोना भाइरस (कोभिड–१९) को बढी संक्रमण देखिएको बाँकेको नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
आइतबार (आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति ८ बजेदखि पुरै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने तथा सेना परिचालन समेत गर्ने निर्णय गरेकाे छ । बैठकले नरैनापुरमा थप स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ।
नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये एक जनाको मृत्यु भइसकेको छ। संक्रमितहरु सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।
नरैनापुरमा संक्रमितहरु भाग्न थालेपछि गाउँपालिकाले संक्रमण दैनिक बढ्दै गएको र अवस्था आफ्नो नियन्त्रण बाहिर गएकाे भन्दै प्रदेश र केन्द्र सरकारसँग सेना परिचालनको माग गरेको थियो।
जिल्ला सुरक्षा समितिकाे बैठकका निर्णय:
