हेटौंडा– मकवानपुरका काठमाडौँबाट सप्तरीको राजविराज जाँदै गरेको एक ट्रकबाट ५० बोरा गुटखा प्रहरीले आज बरामद गरेको छ। अत्यावश्यक औषधि ढुवानी लेखिएका ट्रकमा जाँच गर्दा रु १८ लाख मूल्य बराबरको गुटखा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।
प्रहरी निरीक्षक अरुण कुसवाहले पशुपति ट्रान्सपोर्टले काठमाडाैंबाट सप्तरीको राजविराजका लागि पठाएको सो ट्रकबाट गुटखा बरामद भएको जानकारी दिएका छन्। केही मात्रामा औषधिजन्य वस्तु मात्र रहेको उक्त ट्रकमा अत्यधिक मात्रामा चकलेट र मोबाइलको इलेक्ट्रोनिक पार्टसहरु रहेको प्रहरीले जनाएको छ।
बरामद भएका वस्तुसहित ट्रकलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ। रासस