काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आज साँझ साँढे पाँच बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
उनका अनुसार सम्बोधन कोरोना भाइरस (कोभिड–१९) महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ।
नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए। कोरोना महामरीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
त्यस्तै प्रधानमन्त्रीको सम्बोधनअघि आज ५ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ। बैठक नियमित एजेण्डाहरुमा केन्द्रित रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।