धनुषामा एक महिलालाई ट्र्याक्टरलाई ठक्कर दिँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार धनुषाको सबैला नगरपालिकामा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। ठक्करबाट मृत्यु हुनेमा सबैला नगरपालिका–१२ रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साह तेली छन्।
सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेसक्याम्प नजिक गएराति हुरीबतास आएको समयमा अनटेस्ट (नम्बर नभएको) ट्र्याक्टरले उनलाई ठक्कर दिएको थियो। साँझ आएको हावाहुरीबाट बच्नका लागि खेतबाट घरतर्फ फर्किँदै गर्दा अँध्यारोमा ट्र्याक्टरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्र्याक्टर र चालक सबैला नगरपालिका–१२ बरकुरबा बस्ने २२ वर्षीय शम्भु सदा प्रहरीको नियन्त्रणमा रहेका छन् भने मृतक तेलीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ। (रासस)