काठमाडाैं - सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन प्रस्तुत गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
गृमहन्त्रीले उक्त घटनामा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको बताएका छन्। जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का सुष्मा मल्लसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ वर्षिय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए। त्यसबेला केटा पक्ष र केटी पक्षबीच झडप भएको थियो।
भेरी नदीतिर भाग्ने क्रममा नवराज विक नदीमा हाम फालेका थिए र उनको शव भेरी नदीको बीच भागमा ११ गते फेला परेको थियाे। उनीसँगै गएका २० बर्षिय टीकाराम सुनार र १७ बर्षिय गणेश बुढाको शव पनि फेला परेको छ। फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए।
जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, अैजानममा वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए।
१२ जनालाई भने प्रहरीले थप अनुसन्धानको लागि पक्राउ गरेको छ।