कोरोनाभाइरस संक्रमणका कारण नेपालमा मृत्यू हुनेहरुको संख्या ५ पुगेको छ। बुधबार ललितपुरमा थप १ जनाको मृत्यु भएको हो। श्रोतका अनुसार ललितपुर महानगरपालिका वाड नम्बर २२ का ५७ वर्षीय पुरुषको मृत्यू भएको हो। उनको किष्ट अस्पतालमा उपचार भइरहेको थियो।
मृत्यू भएपछि आएको उनको कोरोनापरिक्षणको रिपोर्ट पोजिटिभ देखिएको किस्ट अस्पताल श्रोतले जानकारी दिएको छ। अस्पतालका अनुसार अल्कोहलिक लिभर डिजिज भएको उनलाई भन्दै उनलाई गत ११ गते पाटन अस्पताल लगिएको थियो। उनको थ्रोट स्वाब १२ गते परीक्षणका लागि पठाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म यसबारे आधिकारीक पुष्टि गरिसकेको छैन्।