नेपालमा थप ७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे पटक संक्रमण देखिएका सबै प्रदेश २ का छन् ।
काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएकाे हाे भने बाँकी २ जनाकाे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमण देखिएकामध्ये सबैभन्दा धेरै धनुषाका २९ जना छन् भने महाेत्तरीका १७, सप्तरीका १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ९ सय ६२ पुगेकाे छ । जसमध्ये १ सय ८३ निकाे भएर घर फर्किएका छन् भने ५ जनाकाे निधन भइसकेकाे छ ।