काठमाडौं– सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि आज (बिहिबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बाेलाइएकाे हाे। उक्त बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउनलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार मन्त्री परिषद बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने छन्।