काठमाडौं– गीतकार रत्नशमशेर थापाको आज (बिहिबार) ८१ वर्षको उमेरमा निधन भएको छ। बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
शिक्षण अस्पतालमा मुटुको शल्यक्रिया गरेर कमलपोखरीस्थित घरमै आराम गर्दै आएका थापालाई बुधबार नर्भिक अस्पताल भर्ना गरिएको थियो।
‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग–लम्क–चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका चर्चित गीहरुहरु उनले गाएका छन्।