झिमरुक– प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो।
बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन्।
चट्याङमा परी सोही ठाउँका २५ वर्षीय सुरेश विक घाइते भएका प्रमुख कार्कीले बताएका छन्। विकको टाउकाेमा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जनाइएको छ। रासस