काठमाडौं - सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब विनियोजन गरिएको छ ।
सघिय संसदकाे संयुक्त बैठकमा अहिले आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बजेट बढाएर ९० अर्ब ६९ कराेड पुर्याएकाे छ ।
अर्थमन्त्री खतिवडाले काेराेना वीमाका लागि सरकारले ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने बताए ।