सप्तरी– सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ। घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो।
खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्। प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस